Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बहुविवाह मुद्दाका फरार प्रतिवादी भण्डारी ५ वर्षपछि पक्राउ

बहुविवाह मुद्दाका फरार प्रतिवादी भण्डारी ५ वर्षपछि पक्राउ

शनिवार , जेठ ११, २०८२

अछाम । अछाममा बहुविवाह मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मंगलसेन नगरपालिका–१४ का रमेश भण्डारी रहेका छन् ।

उनलाई जिल्ला अदालत अछामले २०७७ असोज ५ गतेको फैसलामार्फत ११ महिना १७ दिन कैद र १० हजार जरिवानाको सजाय तोकेको थियो ।

अदालतको फैसला पछि फरार रहेका भण्डारीलाई लामो खोजीपछि नियन्त्रणमा लिन अछाम प्रहरी सफल भएको हो ।

जिल्ला प्रहरी कार्यालय अछाम तथा अस्थायी प्रहरी पोष्ट कालागाउँबाट खटिएको प्रहरी टोलीले उनलाई मंगलसेन नगरपालिका–१४ स्थित कालागाउँबाट शुक्रबार साँझ ५ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत अछाममा पेश गर्ने तयारी भइरहेको अछाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077