Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

ठाला लेकमा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रले गर्‍यो 'हवाईफायर' !

ठाला लेकमा यार्सा संकलन गर्ने समूहबीच झडप, सशस्त्रले गर्‍यो 'हवाईफायर' !

शनिवार , जेठ ११, २०८२

काठमाडौं । डोल्पामा यार्सागुम्बा संकलन गर्न गएका समूहबीच झडप भएको छ ।

सशस्त्र प्रहरी बलका अनुसार शनिबार दिउँसो डोल्पाको ठुरी भेरी नगरपालिका–१, ठाला लेकमा झडप भएको हो ।

रुकुम पूर्वको मैकोट गाउँपालिका र डोल्पाको काईके गाउँपालिका तथा ठुली भेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा संकलनमा सीमा क्षेत्रका विषयमा विवाद भएको थियो ।

त्यसपछि करिब ६००/७०० जनाको संख्यामा रहेका उनीहरूबीच झडप भएको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाफौजले एसएलआरबाट दुई राउन्ड हवाईफायर गरेको थियो । हाल त्यहाँको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077