Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सुनसरीमा गाँजा तस्करमाथि प्रहरीले चलायो गोली

सुनसरीमा गाँजा तस्करमाथि प्रहरीले चलायो गोली

शनिवार , जेठ ११, २०८२

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ मा प्रहरीले गोली चलाएको छ । लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको गस्ती टोलीले शनिबार बेलुका गोली चलाएको हो ।

कोसी प्रदेश प्रहरी कार्यालयका अनुसार गाँजाका पोका बोकेर आउँदै गरेका व्यक्तिलाई रोक्ने क्रममा गोली चलाइएको छ । एक व्यक्तिले प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको प्रहरीले जनाएको छ ।

सुरुमा दुई राउन्ड हवाईफायर गरिएको र पछि आत्मरक्षाका निम्ति थप गोली चलाउनुपरेको प्रहरीको दाबी छ । गोली लागेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बू घाइते छन् ।

उनको घुँडादेखि तलको भागमा गोली लागेको बताइएको छ । लिम्बूलाई उपचारका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077