Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

दुई हवलदारसहित २१ जना प्रहरी सम्पर्कविहीन, गए कहाँ ?

दुई हवलदारसहित २१ जना प्रहरी सम्पर्कविहीन, गए कहाँ ?

आइतवार , जेठ १२, २०८२

काठमाडौं । नेपाल प्रहरीका दुईजना हवलदारसहित २१ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन् ।

आइतबार प्रहरी प्रधान कार्यालयले फागुन र चैतदेखि आफूखुशी गैरहाजिर रहेका उनीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन सूचना जारी गरेको हो ।

दुईजना प्रहरी हवलदार, चारजना सहायक हवलदार, १४ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी सम्पर्कविहीन छन् ।

सूचनामा भनिएको छ, “यदि सात दिनभित्र कारण खुलाउँदै सन्तोषजनक जवाफसहित सम्बन्धित कार्यालयमा हाजिर नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसार कसुरमा कारबाही गरी नियम १०९ को देहाय (ख) (१) अनुसार सेवाबाट हटाइने छ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077