काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ ।
प्रहरी नियमावली २०७१मा उल्लेख भए अनुसार आचार्यको अवकाश भएको हो ।
एआईजीको ५६ वर्षे उमेरहद अनिवार्य अवकाश राखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले १० जेठबाट आचार्यको अवकाश भएको जानकारी गराएका छन् ।
उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।