Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सेवानिवृत्त एआईजी आचार्यको बिदाइ

सेवानिवृत्त एआईजी आचार्यको बिदाइ

आइतवार , जेठ १२, २०८२

काठमाडौं । सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक लालमणी आचार्यको बिदाइ गरिएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापाले आचार्यको बिदाइ गरेका हुन् ।

बिदाइ समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक थापाले सेवा निवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको चर्चा गरेका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य उमेर हदका कारण जेठ १० गतेदेखि अनिवार्य अवकाशमा गएका हुन् । महानिरीक्षक थापाबाट मायाको चिनो ग्रहण गर्दै आचार्यले आफ्नो सेवा अवधिमा गरेका अनुभव सुनाएका थिए ।

प्रहरी अतिरिक्त महानिरीक्षक आचार्य २०५२ सालको कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए ।

बिदाइ कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077