Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

काठमाडौंमा हनी ट्रयापको गिरोह सक्रिय, एकपछि अर्को जालमा फस्दै पीडित

काठमाडौंमा हनी ट्रयापको गिरोह सक्रिय, एकपछि अर्को जालमा फस्दै पीडित

आइतवार , जेठ १२, २०८२

काठमाडौं । पछिल्लो सयम काठमाडौं उपत्यकालगायत देशभर नै हनी ट्रयापका गिरोह सक्रिय भएका छन् । प्रहरी कार्यालयहरुमा हनी ट्रयापका उजुरीहरु दैनिक रुपमा आउन थालेका छन् ।

सामान्यतः हनी ट्रयापबाट पीडित बनेको भन्दै धेरै पुरुषहरु प्रहरी कार्यालयमा पुग्ने गरेको तथ्यांक छ ।

हनी ट्रयापमा संलग्न कतिपयलाई प्रहरीले पक्राउ गरेपनि केही युवतीहरुले भने समूह नै बनाए हनी ट्रयाप जस्तो जघन्य अपराध गर्दै आएको खुलेको छ ।

हनी ट्रयापमा केही पेसेवर गिरोह नै संलग्न रहेकाले पनि हनी ट्रयापिङ गरेर पैसा कमाउने गिरोहकै कारण यस्ता घटना अचेल बढिरहेका छन् ।

गत बुधबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हनी ट्रयापमा पारेर काठमाडौंमा घडेरी मागेको तथा पाँच लाख रकम असुलेको आरोपमा दुई जना युवतीलाई पक्राउ गर्यो ।

पक्राउ पर्नेहरूमा कैलालीको गोदावरी नगरपालिका–१० कि ३४ वर्षीया ममता तामाङ र भक्तपुर नगरपालिका–१७ की ३४ वर्षीया आँचल चौगुठी छन् ।

उनीहरूमाथि सामाजिक सञ्जालमा चिनजान भएका एक युवकलाई ठमेलमा बोलाएर हनी ट्रयापमा पारेको आरोप छ ।

उनीहरुले ठमेलमा मदिरा सेवन गरेपछि युवकको नग्न फोटो, भिडिओ समेत लिएर ब्ल्याक मेलिङ गरेको र बलात्कार कसुरमा फसाउनेसम्म धम्की दिएका थिए ।

प्रहरीका अनुसार उनीहरुले सुरुमा काठमाडौंमा ४ आना जग्गा दिएमात्रै केस मिल्ने नत्र बलात्कारमा फसाउन धम्की दिएका थिए ।

यसैगरी हनी ट्रयापमा पारेर एक युवतीले नगद, जग्गा, सुन र आइफोन गरेर झण्डै डेढ करोड रकम झ्वाम पारेको अर्को घटना सार्वजनिक भएको छ ।

दाङमा घरजग्गाको कारोबार गर्दै आएका एक व्यक्तिले गत चैत २७ गते जिल्ला प्रहरी परिसर ललितपुर पुगेर आफू हनी ट्रयापमा परेको भन्दै उजुरी दिए ।

सोही उजुरीमाथि छानविन गर्दै ललितपुर प्रहरीले बैशाख २० गते शनिबार गोरखा जिल्ला शहिद लखन गाउँपालिका–९ नाम्जुङ घर भई काठमाडौं तथा ललितपुरमा बस्दै आएकी तारा गुरुङलाई पक्राउ गरेको छ ।

२०७८ सालमा बालाजुको एक दोहोरी साँझमा भेटिएकी तारासँग सम्बन्ध विस्तार गरेको एक हप्तामै उनले विभिन्न बहानामा दाङका ती व्यवसायीबाट रकम असुल्न थालिसकेकी थिइन् ।

ताराले पटक–पटक गरेर आफ्नो खातामा ४९ लाख ६२ हजार ३९० रुपैयाँ जम्मा गर्न लगाइन भने कहिले बहिनी, कहिले एक नाबालक बच्चा त कहिले सुन पसलेको खातामा गरेर झण्डै अर्को ५० लाख रुपैयाँ उछिट्याइन् । पीडित व्यवायीले ताराको खातामा ६० पटक रकम जम्मा गरेका छन् ।

पीडित भन्छन्–‘पटक–पटक सपिङ गराइदिदएको र नगद नै दिएको हिसाब गर्ने हो भने १ करोड ३० लाख भन्दा बढी रकम लगिसकी । र, पनि सधै टर्चर दिइरहेकाले बाध्य भएर प्रहरीकहाँ पुगेको हुँ ।’

बलात्कार मुद्दाको धम्कीपछि डराएर ती व्यवसायीले दुई वर्ष अघि ताराको मागअनुरूप उनैको परिवारका सदस्यसहित बसेर २० लाख दिने र सम्पर्कमा नरहने सहमति गरे । तर, ताराको धम्कीको क्रम रोकिएन । ताराले पटक–पटक बलात्कारको उजुरी दिने भन्दै धम्की दिएर रकम मागिरहिन् ।

यसरी मागेजति रकम दिंदा पनि घरमै आएर बेइज्जत गर्छु भनेर धम्क्याउने मात्रै नभई सामाजिक सञ्जालहरुमा फोटो नै शेयर गरेर बेइज्जत गर्न थालिन् ।

त्यतिमात्रै होइन रकम असुलीमा मास्टर माइण्ड भएकी ताराले कहिले प्रहरी कार्यालयको गेटमा त कहिले मिडियाका कार्यालयको अगाडि गएर फोटो खिचेर पीडितलाई पठाउने र रकम नपठाए बेइज्जत गरिदिने भन्दै धम्क्याउने गरिरहिन् ।

ताराको धम्कीका कारण कयौं पटक आफूले आत्महत्याको प्रयास गरेको पीडितले बताए । तराले दाङका ती व्यवसायीलाई मात्र नभई नुवाकोट घर भई हाल नयाँबजार बस्ने एक व्यक्तिको पनि घरबार विगारेर लाखौ असुलेकी छन् ।

ललितपुर प्रहरीले गोरखाकी ३३ वर्षीया तारा गुरुङलाई पक्राउ गरी अनुसन्धान सकेर शुक्रबार नै तीन वर्ष कैद सजायको माग गरी सरकारी वकिललाई फाइल पेश गरिसकेको छ । उनीमाथि प्रहरीले आपराधिक विश्वासघात तथा आपराधिक लाभ कसुरमा मुद्दा चल्ने भएको छ ।

अपराध संहिता, २०७४ अनुसार, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिएको पुष्टि भए एक वर्षदेखि १० वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077