Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ७४ जनाविरुद्ध मुद्दा चल्ने

राजावादी प्रदर्शनमा अनुसन्धानमा परेका १०८ मध्ये ७४ जनाविरुद्ध मुद्दा चल्ने

आइतवार , जेठ १२, २०८२

काठमाडौं । राजावादी समूहले चैत १५ गते गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा अनुसन्धानको १०८ जनामध्ये ७४ जनाविरुद्ध मुद्दा चल्ने भएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले झण्डै दुई महिना लामो गरेको अनुसन्धानले उनीहरुलाई मुद्दा चलाउनुपर्न रायसहित सरकारी वकिलको कार्यालयमा पठाएको थियो ।

उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगाइएको छ ।

प्रहरीले अनुसन्धान सकेर गत बिहीबार रायसहितको प्रतिवेदन बुझाएको थियो ।

त्यसको अध्ययन गरेर आइतबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

बाँकी केही पक्राउ पर्न बाँकी छन् भने केहीलाई भने हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।

जसमध्ये राप्रपा महामन्त्री धवलशमशेर राणा, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत हाजिरी जमानीमा हिरासत बाहिरै राखेर अनुसन्धान गरिएको छ ।

अदालतमा मुद्दा पुगेपछि उनीहरूलाई अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077