Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बालकोटमा कोठाभित्र मृत भेटिइन् एक महिला

बालकोटमा कोठाभित्र मृत भेटिइन् एक महिला

आइतवार , जेठ १२, २०८२

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटमा ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छिन् ।

बालकोटको बृहस्पति मागैस्थित लक्ष्मीश्वर महतोको ३ तले घरमा डेरा गरेर बस्ने शाही मृत अवस्थामा फेला परेकी हुन् ।

आइतबार दिँसो १ बजेर ५० मिनेटमा कोठाभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

भित्रबाट चुकुल लगाएको कोठाभित्र उनको शव फेला परेको हो । शाहीको स्थायी घर जाजरकोट रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ । उनको शरिरमा बाहिर कुनै चोटपटक नरहेको प्रहरीले जनाएको छ । मृतक शाहीका छोराछोरी विशेदमा छन् ।

श्रीमान् भने कामको सिलसिलामा उपत्यका बाहिर रहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077