Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

भिजिट भिसामा सेटिङ : विमानस्थल सुरक्षा प्रमुख राठौर पाँच महिनादेखि के हेरेर बसिरहेका छन् ?

भिजिट भिसामा सेटिङ : विमानस्थल सुरक्षा प्रमुख राठौर पाँच महिनादेखि के हेरेर बसिरहेका छन् ?

सोमवार , जेठ १३, २०८२

काठमाडौं । भिजिट भिसामा भइरहेको मानवतस्करीको विषयले यतीबेला देश तरंगित छ । भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय प्रमुख अध्यागमन अधिकृत तिर्थ भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ भने गृह मन्त्रालयले नौ जना नायब सुब्बा र पाँच जना कम्प्युटर अपरेटरको सरुवा गरिसकेको छ ।

यो काण्डले प्रत्यक्ष भूमिकामा नरहेका गृहमन्त्री रमेश लेखक पनि विवादमा तानिएका छन् । गृहमन्त्रीका निजी सचिव बद्री तिवारी, स्वकिय सचिव जनक भट्ट, सचिवालयमा रहेका विमल पौडेल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा तानिएका छन् ।

यही बेला पूर्वडिएसपी गोविन्द पन्थीले विगतमा पनि भिजिट भिसामा हुने मानवतस्करीमा उच्च तहकै संलग्नता हुने गरेको दाबी गरेका छन् । आफु काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत रहँदा अध्यागमन अधिकृत नरवीर खड्कालाई दुई लाख घुससहित पक्राउ गरेको र त्यही अनुसन्धानका कारण आफुलाई तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आइजीपी बसन्त कुँवरले सरुवा गरेको दाबी गरेका छन् ।

त्यतीबेला अपराध अनुसन्धान कार्यालयको प्रमुख थिए एसएसपी सोमेन्द्रसिंह राठौर  । राठौरको पहलमा विमानस्थल अधिकृत पक्राउ परेका थिए। तर, अनुसन्धानमा दबाब दिइएको पूर्वडिएसपी पन्थीले बताएका छन् ।

पन्थीले धेरै कुरा खुलासा गरेपनि उनीसँगै जोडिएका एसएसपी राठौर मौन बसेर कुनै प्रतिकृया दिएका छैनन् । यसले पनि उनीमाथि शंका उब्जाएको छ ।

संयोग तीनै एसएसपी राठौर पाँच महिनादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुख छन् । यही समयमा भिजिट भिसामा मानव तस्करी मौलाएको छ । जसकारण भिजिट भिसामा प्रहरीको भूमिका पनि सन्देहपूर्ण देखिएको छ ।

हुन त प्रत्यक्ष रुपमा विदेश जानेको कागजपत्र हेर्ने अधिकार प्रहरीलाई हुँदैन । तर, इन्टेलिजेन्स विस्तार गरी यस्तो गिरोहलाई पक्राउ गर्ने अधिकार भने छ। सोही कामका लागि विमानस्थलमा बिशेष ब्यूरोदेखि अपराध अनुसन्धान कार्यालयको शाखा समेत राखिएको छ । तर, यो अवधिमा प्रहरीले कुनै पनि त्यस्तो एक्सन लिएको देखिदैन ।

स्रोतका अनुसार भिजिट भिसामा पठाउने अवरोध नहोस् भनेर प्रहरीलाई समेत केही भाग छुट्याउने गरिन्छ । ‘प्रहरीलाई यहाँ हुने सेटिङको सबै थाहा हुने भएकाले अवरोध नहोस् भनेर एजेन्टहरुलाई नियमित पैसा बुझाउने गर्दछन्,’ विमानस्थल स्रोत भन्छ, ‘यो धन्दामा अध्यागमन कर्मचारी मात्र होइन एयरलाइन्स र प्रहरीको समेत मिलेमतो छ ।’

विगतमा भिजिट भिसामा जानेहरुको कागजपत्र हेर्न मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोली खटाइएको थियो । पछि अध्यागमनमा अवरोध भएको भन्दै हटाइयो । गत पुसमा फेरि खटाउने निर्णय भएपनि गृहसचिव गोकर्णमणि दुवाडीले तत्काल हटाउन निर्देशन दिएपछि एक दिनमै निर्णय उल्टिएको थियो ।

पछिल्लो समय विमानस्थल सुरक्षा प्रहरीले नै भिजिट भिसामा जानेमाथि सामान्य सोधपुछ गर्दै आएको छ । त्यहाँका घुमुवाहरुको दैनिक जसो भिजिट भिसाका एजेन्टहरुसँग उठबस हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077