काठमाडौं । माओवादीले हत्या गरेका सशस्त्र प्रहरी बल नेपालका संस्थापक प्रहरीका महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा संखुवासभाको चैनपुरमा सालिक अनावरण गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार सालिक अनावरण गरेका हुन् ।
शालिक अनावरण क्रममा सशस्त्र प्रहरीको टोली सम्मानस्वरूप श्रद्दाञ्जली अर्पण गरेको थियो ।
अनावरण कार्यक्रम कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठान चैनपुरको आयोजनामा गरिएको हो ।
चैनपुर नगरपालिकाको करिब ६ लाख लागत सहयोगमा सालिक निर्माण गरिएको हो । सशस्त्र प्रहरीका पहिलो महानिरीक्षक श्रेष्ठको २०५९ माघ १२ मा हत्या भएको थियो । उनको हत्याअघि तत्कालीन विद्रोही माओवादीले चैनपुरमा रहेको घरमा बम विस्फोट गरेर क्षति पुर्याएका थिए ।
सालिक चैनपुरको जिरो पोइन्टमा छ । श्रेष्ठको नेतृत्वमा २०५८ मा सशस्त्र प्रहरी बलको स्थापना गरिएको थियो ।