Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष, उपाध्यक्ष, प्रमुख कार्यकारी अधिकृतसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार पूर्वअध्यक्ष विश्वमोहनप्रसाद यादव, पूर्वउपाध्यक्ष शोभा कुमारी, तत्कालीन प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतलाई प्रतिपक्षी बनाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाका अनुसार मुद्दा दायर हुनेहरुमा नवराजपुर वडा नम्बर ४ र ५ का तत्कालीन अध्यक्षहरू मदन यादव, मनोजकुमार यादव, इन्जिनियर कृष्णा साह, सबइन्जिनियर जयनारायण यादव, लेखापाल सोमप्रसाद आचार्य, तत्कालीन योजना शाखा प्रमुख रमेशकुमार निधि र जिन्सी प्रमुख संजयप्रसाद यादव पनि छन् ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा डीपीआर तर्जुमादेखि भवन निर्माण कार्यको भुक्तानीसम्मको काममा प्रक्रिया र नियम मिचेको, गुणस्तरमा प्रश्न उठेको आरोपपत्रमा उल्लेख छ । भवन निर्माणका क्रममा गलत प्राविधिक मूल्यांकनसहित उपभोक्ता समितिलाई ३४ लाख ३९ हजार १८९ रूपैयाँ भुक्तानी गरिएको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष रामचन्द्र यादव, सचिव दीपेन्द्रकुमार यादव र कोषाध्यक्ष कोशीला देवी यादव पनि मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077