Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

झापाका ठूला हुन्डी कारोबारी सीआईबीको हिरासतमा, प्रहरीकै हाकिमसँग उठबस

झापाका ठूला हुन्डी कारोबारी सीआईबीको हिरासतमा, प्रहरीकै हाकिमसँग उठबस

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले झापाका ठूला हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।

बैंकिङ प्रणालीमार्फत नै करोडौंको हुन्डी कारोबार गर्ने द गिफ्टेरिया नामक कम्पनीका सञ्चालकहरूलाई सीआईबीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अनुज मारु, कविस मारु, निकेश अग्रवाल, सुमन खनाल, अंकित अग्रवाल छन् । उनीहरुले पछिल्लो केही वर्षमा अस्वभाविक रुपमा सम्पत्ति आर्जन गरेका थिए । हुन्डी र तस्करीको धन्दाबाट उनीहरु रातारात करोडपछि बनेका हुन् ।

उनीहरुले सजिलो पे र पेवेल नेपाल नामक डिजिटल वालेट कम्पनीसँग मिलेर उनीहरुले बैंकिङ प्रणालीबाटै हुन्डीको धन्दा चलाउँदै आएका थिए । सजिलो पे र पेवेल नेपाल नामक कम्पनीको अवैध कारोबारमाथि अनुसन्धानको क्रममा उनीहरुको बदमासी पत्ता लागेको हो ।

सीआईबी स्रोतका अनुसार उनीहरुको प्रहरीकै हाकिमसँग उठबस छ । जसकारण अनुसन्धान फितलो हुने जोखिम छ । उनीहरुले एसपी मिलन केसी, विपिन रेग्मी, डिएसपीहरु राकेश थापा, सुवास बुढाथोकीसँग खिचेका तस्वीर त फेसबुकमै राखेका छन् ।

स्रोतका अनुसार केही डिआइजीसँग पनि उनीहरुको निकटता भेटिएको छ । प्रहरीकै संरक्षणमा उनीहरुले हुन्डीको अवैध धन्दा चलाउँदै आएको सिआइबी स्रोत बताउँछ ।

सिआइबीले उनीहरुसँग २८ जनालाई हिरासतमा राखेर हुन्डी कारोबारको सञ्जालमाथि विस्तृत अनुसन्धान गरिरहेको छ । उनीहरुमाथि हुन्डीसहित सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान भइरहेको छ । तर, अनुसन्धान प्रभावित पार्न बिचौलियाहरु सक्रिय भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077