Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सर्लाहीमा १५ लाख बराबरको भेप समातियो

सर्लाहीमा १५ लाख बराबरको भेप समातियो

मंगलवार , जेठ १४, २०८२

सर्लाही । सर्लाहीबाट ठूलो परिमाणमा इलेक्ट्रिक चुरोट (भेप) बरामद भएको छ।

सशस्त्र प्रहरी बलको टोलीले १५ लाख रुपैयाँभन्दा बढीको इलेक्ट्रिक चुरोट बरामद गरेको हो ।

सशस्त्र प्रहरी बलको टोलीले सर्लाहीको बलरा नगरपालिका २ छतौना इलाकाबाट भारतीय नम्बर प्लेटको मोटरसाइकल बीआर ०६ बीक्यू ५४२७ नम्बरको मोटरसाइकलबाट १५ लाख ५० हजारको भेप बरामद गरेको हो।

सशस्त्र प्रहरी बलको टोलीलाई देखेर मोटरसाइकल छाडेर फरार भएको भारतीय मोटरसाइकलबाट भारी परिमाणमा भेप बरामद गरिएको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077