Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

बिहेको प्रलोभन देखाएर बालिकामाथि बलात्कार, भारतीय युवक पक्राउ

बिहेको प्रलोभन देखाएर बालिकामाथि बलात्कार, भारतीय युवक पक्राउ

मंगलवार , जेठ १४, २०८२

वीरगन्ज । वीरगन्जकी १४ वर्षीया बालिकालाई बिहेको झूटो प्रलोभन दिँदै भारतमा लगेर ६ महिनासम्म राखेर बलात्कार गरेको आरोपमा एक भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत घर भई हाल वीरगन्ज महानगरपालिका-१५ भिस्वामा डेरा लिएर बस्दै आएका २५ वर्षीय मनिष पासवान रहेका छन् ।

पीडित बालिकाले प्रहरीमा दिएको उजुरी अनुसार भिस्वामा डेरा लिएर बस्दै आएका पासवानले गत मंसिर २५ गते ती बालिका बजार गर्न घरबाट निस्किएकी थिइन् ।

त्यही बेला उनीसँग प्रेम सम्बन्धमा रहेका पासवानले बिहे गर्छु भन्ने प्रलोभन दिएर बालिकालाई लिएर भारत गएका थिए । पीडित बालिकाका अभिभावकले छोरी सम्पर्कविहीन भएको भन्दै खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए ।

ती बालिकालाई भारतमा ६ महिनासम्म आफूसँग राखेका पासवानले यही जेठ ११ गते वीरगन्जमा ल्याई छाडेर फरार भएका थिए । पासवानलाई जेठ १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । पक्राउ परेका पासवानमाथि पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077