Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

अख्तियारका सचिवमाथि सूचना चुहाएको आरोप, भट्टराई पक्राउ पर्नबाट यसरी जोगिए

अख्तियारका सचिवमाथि सूचना चुहाएको आरोप, भट्टराई पक्राउ पर्नबाट यसरी जोगिए

मंगलवार , जेठ १४, २०८२

काठमाडौं । भिजिट भिसामा अरब मुलुक र यूरोपमा दैनिक २ सयसम्म नेपालीलाई पठाउने क्रममा दैनिक ५० लाख रुपैयाँ संकलन हुने गरेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ महिनादेखि सुक्ष्म निगरानी बढाएको थियो ।

निगरानीका क्रममा भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईसहितका कर्मचारीलाई स्टीङ अप्रेसन गर्ने तयारी अख्तियारले गरेको थियो ।

स्टीङ अप्रेसनको तयारी गरेको सूचना अख्तियारको उच्चतहबाटै गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीले पाएपछि तीर्थराज भट्टराईलाई हतार हतार गृहमन्त्रालयमा तानियो । र, बिष्णु कोइरालालाई अध्यागमनको प्रमुखमा पठाए ।

गृहसचिव दुवाडीलाई विमानस्थल अध्यागमनमा स्टीङ अप्रेसन गर्न लागेको सूचना अख्तियारकै सचिव नारायण शर्मा दवाडीले दिएको स्रोत बताउँछ ।

गोकर्णमणि र नारायण शर्माबीच दाजुभाइको नाता लाउने हार्दिक सम्बन्ध छ । नारायण र गोकर्णबीचको मोवाइल अख्तियारले चेक गर्ने हो भने अध्यागमनमा अख्तियारले स्टीङ गर्न लागेको सूचना कहाँबाट लिक भयो । र, तीर्थराजलाई गृहले त्यही सूचनापछि हतार हतार गृहमा झिकायो खुलस्त हुने स्रोत बताउँछ ।

अख्तियार स्रोतका अनुसार भट्टराईले लेखकलाई होइन, भिजिट भिसाको सेटिङको ठूलो हिस्सा सचिव गृहसचिव दुवाडी र मन्त्री लेखकका निजी सचिव बद्री तिवारीलाई दिने गरेको देखिएको छ । भिजिट भिसामा मन्त्री भन्दा पनि सचिवसँग बढी कनेक्सन देखिएन्छ ।

दवाडीकै जोडमा भट्टराई अध्यागमनमा लगिएका थिए

भिजिट भिसाको सेटिङको जालो गृहमन्त्रालयका सचिवसम्मै रहेको थियो । अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई र गृहका सचिव दुवाडी कुनै बेला संस्कृति मन्त्रालयमा सँगै कार्यरत थिए ।

हाल सहरी विकास मन्त्रालय रहेको भवनमा त्यतिबेला संस्कृति मन्त्रालय रहेको थियो । दुवाडी र भट्टराईको सम्बन्ध त्यतिबेलादेखि नै घनिष्ट रहेको थियो ।

त्यो सम्बन्धका आधारमा मन्त्री रमेश लेखकले भन्दा पनि सचिव दुवाडीकै जोडबलमा सुरेश पन्थीलाई तानेर तीर्थराज भट्टराईलाई विमानस्थल अध्यागमनको प्रमुख बनाइएको थियो ।

यता ,काठमाडौंस्थित अमेरिकी दूतावासले सहसचिव भट्टराईको अमेरिकाको भिसा रद्द गरेको छ । भिजिट भिसाको मानवतस्करीमा मुछिएपछि भट्टराई र उनको श्रीमतीको भिसा रद्द गरेको हो ।

अख्तियारले सहसचिव भट्टराईको बैंक खाता रोक्का गरी उनको सम्पत्ति समेत छानविन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077