बुटवल । बुटवलको होराइजन चोकमा एकै परिवारका तीन सदस्यको विभत्स हत्या गरिएको छ ।
मृतकहरूमा ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरी सात वर्षीया स्नेहा र चार वर्षीया हिमानी रहेका छन् ।
घटनामा दीपाका पूर्वपति सुजन कोइरालाको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरीका अनुसार सुजन कोइरालाले घरमै बोलाई हत्या गरेको आशंका छ ।
आरोपित कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दीपा बस्याल र सुजन कोइरालाको केही वर्षअघि सम्बन्ध विच्छेद भएको थियो ।
सम्बन्ध विच्छेदपछि दीपाले अर्का युवासँग विवाह गरेकी थिइन् र त्यसपछि दुई छोरीको जन्म भएको थियो । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।