Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

पुनः पहाडी जिल्लाको निरीक्षणमा सुदूरपश्चिमका डीआईजी

पुनः पहाडी जिल्लाको निरीक्षणमा सुदूरपश्चिमका डीआईजी

बुधवार , जेठ १५, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बर बहादुर बिक पुनः पहाडी जिल्लाको निरीक्षणमा जुटेका छन् ।

यसअघि बाजुरा, अछाम, डोटी र डडेल्धुरा जिल्लाको सफल निरीक्षण गरेका डीआईजी बिक अब बाँकी रहेका तीन पहाडी जिल्लाको अवस्थाबारे जानकारी लिन थालेका हुन् ।

बुधवार उनले जिल्ला प्रहरी कार्यालय बझाङको अनुगमन गर्दै कार्यालय परिसर, सम्पूर्ण शाखाहरू, ब्यारेक, मेस, क्वाटर गार्ड र हिरासत कक्षको निरीक्षण गरेका छन् ।

निरीक्षणकै क्रममा उनले समग्र जिल्लाको सुरक्षा अवस्था, जनशक्ति परिचालन, प्रशासनिक व्यवस्था तथा जनसंग सम्बन्धबारे जानकारी लिएका छन् ।

डीआईजी बिकले जिल्ला प्रहरी कार्यालय बझाङसहित मातहत रहेका प्रहरी इकाइका ईन्चार्जहरूलाई आवश्यक निर्देशन पनि दिएका छन् । उनले शुद्ध प्रहरी सेवाको आवश्यकता औंल्याउँदै अनुशासन, जवाफदेहिता र जनमैत्री व्यवहारलाई प्राथमिकतामा राख्न निर्देशन दिए।

सरुवा भएर सुदूरपश्चिम आएका डीआईजी बिक करिब एक महिनादेखि निरीक्षण र अनुगमनमा क्रियाशील छन् । उनले यसअघि तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका विभिन्न प्रहरी इकाइहरूको पनि अवलोकन गरिसकेका छन् ।

उनले प्रहरी संगठनभित्र सुधार ल्याउने विशेषगरी प्रहरीको आचरण सुधारलाई आफ्नो पहिलो प्राथमिकता राखेका छन् । निरन्तर अनुगमनमार्फत प्रहरीको कार्यसम्पादन, सेवा प्रवाह र जनताप्रतिको व्यवहारमा गुणात्मक सुधार ल्याउने उनी सुनाउँछन् ।

अब उनले जिल्ला प्रहरी कार्यालय दार्चुला र बैतडीको निरीक्षण गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077