बुटवल । बुटवलको होराइजन चोकमा आज बिहानै एकै परिवारका तीन सदस्यको विभत्स हत्या भयो ।
बुटवल उपमहानगरपालिका–११ होराइजन चोकस्थित मिलिजुलि पथका स्थानियबासी ३५ बर्षिया सुजन कोइरालाले दुई नाबालकसहित उनीहरुका आमाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुल्यो ।
प्रहरीका अनुसार मृतकहरूमा ३४ वर्षीया दीपा बस्याल र उनका दुई छोरी सात वर्षीया स्नेहा र चार वर्षीया हिमानी रहेका छन् ।
हत्यापछि घटनास्थल पुगेको प्रहरीले सुजनलाई पक्राउ गरी अनुसन्धान गर्दा मृतक दीपा सुजनकै पुर्वपत्नी रहेको खुल्यो ।
सुजनले आफनै घरमा बोलाएर उनीहरुको हत्या गरेका थिए । २०६९ सालमा बिहे गरेका सुजन र दीपाले २०७२ सालमा डिभोर्स गरेका थिए ।
संयोग पनि कस्तो ? उनीहरुको डिभोर्सको कारण पनि हत्या नै थियो । द्रीपासँग बिहे गरेलगत्तै सुजनले आफना माइला दाजु सुदीपको हत्या गरेका थिए ।
दाजु भाइबीच सामान्य विवाद हुँदा सदीपको हत्या गरेपछि सुजन जेल गए । त्यसपछि दीपसँग पनि सम्वन्ध राम्रो नहुँदा उनीहरु अलग भए ।
सुजनसँग डिभोर्स गरेकी दीपाले पूर्वी नवलपरासी कावासोतीका शंकर ढकालसँग विवाह गरिन् । उनीहरूका दुई छोरी भए । मृतक छोरीहरू ढकालपट्टिका हुन् ।
शंकर यतिबेला वैदेशिक रोजगारका लागि दुबईमा छन् । दीपा पाल्पा तानसेनमा आधारभूत स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीका रूपमा काम गर्दै थिइन् ।
करिब ९ वर्ष जेल बसेर २०७८ सालमा छुटेका सुजनसँग बिगत एक वर्षदेखि अर्कैसँग बिहे गरेकी दीपाको भेटघाट हुँदै आएको अहिले आएर खुलेको छ ।
दाजुको हत्या गरेको अभियोग पुष्टि भएपछि जेल परेका सुजन राष्ट्रपतिबाट आम माफी पाएर छुटेका ब्यक्ति हुन् ।