Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उच्चले सफाइ दिएसँगै आफताब आलम छुटे

उच्चले सफाइ दिएसँगै आफताब आलम छुटे

बुधवार , जेठ १५, २०८२

काठमाडौं । ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जेल जीवन बिताइरहेका कांग्रेस नेता मोहम्मद अफताब आलम रिहा भएका छन् ।

कारागार कार्यालय नख्खु, ललितपुरमा रहेका उनी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जको फैसलापछि बुधबार बेलुका रिहा भएका हुन् ।

बुधबार नै न्यायाधीशद्वय डा. खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्लाको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिने फैसला गरेको थियो ।

विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुरमा रौतहट जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला गरेको थियो ।

उक्त फैसलाई आलमले उच्चमा चुनौती दिएका थिए । मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको अभियोग आलममाथि लागेको थियो । २०८१ वैशाखमा रौतहट जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077