Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सिआइबीका नक्कली डीएसपीको ठगी धन्दा

सिआइबीका नक्कली डीएसपीको ठगी धन्दा

बुधवार , जेठ १५, २०८२

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को 'डीएसपी हुँ' भन्दै प्रभावमा पारेर ८ लाख ४० हजार रुपैयाँ असुल्ने पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यविनायक–२, बालकोट बस्ने ४१ वर्षीय अनिल थापालाई सिआइबीले मंगलबार पक्राउ गरेको हो ।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले मध्यपुर ठिमी नगरपालिका(५ बाट मंगलबार पक्राउ गरेको जनाएको छ ।

उनले बलात्कार मुद्दा मिलाइदिने भन्दै एक व्यक्तिसँग ८ लाख ४० हजार रुपैयाँ असुलेका थिए । थापा २०७५ सालमा पनि ठगी मुद्दामा पक्राउ परेका थिए । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077