Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै नेपाल प्रहरी {फोटो फिचर}

गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रममा सहभागिता जनाउँदै नेपाल प्रहरी {फोटो फिचर}

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । आज जेठ १५ अर्थात नेपालमा गणतन्त्र स्थापना भएको दिन ।

नेपालमा २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

त्यही दिनको सम्झनामा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाउने गरिन्छ ।

नेपालमा मात्रै होइन, विदेशमा रहेका नेपालीले पनि विविध कार्यक्रम आयोजना गरी आज गणतन्त्र दिवस मनाइरहेका छन् ।

काठमाडौंको टुँडिखेलमा विशेष समारोहबीच सरकारले आज गणतन्त्र दिवस मनाइरहेको छ । सेनाको हेलिकप्टरमार्फत पुष्पवृष्टिका साथै सुरक्षाकर्मीको कवाज प्रदर्शनका साथ यो दिवस मनाइँदै छ ।

हरेक वर्ष झैं यो वर्ष पनि शान्तिको प्रतीक परेवा उडाइएको छ ।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली लगायत संवैधानिक निकायका पदाधिकारी उपस्थिति छन् ।

गणतन्त्र दिवस २०८२ को अवसरमा नेपाल प्रहरीले पनि विभिन्न स्थानहरूमा आयोजित कार्यक्रमहरूमा सहभागिता जनाएको छ ।

तस्विर स्रोत : नेपाल प्रहरीको फेसबुक पेज

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077