धनगढी । कैलालीमा एक युवकमाथि खुकुरी हानिएको छ ।
बिहीबार दिउँसो टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि घर नजिकैको क्याफेमा कफी पिइरहेका बेला खुकुरी प्रहार भएको हो ।
खुकुरी प्रहारबाट घाइते भएका विष्टको टाउको र छातीमा चोट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । टीकापुरमा समान्य उपचारपछि विष्टलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको बताइएको छ ।
प्रहरीका अनुसार विष्टले क्याफेमा कफी पिइरहेको अवस्थामा दुई जनाले उनीमाथि खुकुरी प्रहार गरेको बुझिएको छ । उनीहरुको पहिचान भने भएको छैन । दुवै जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।