काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धिविक्रम शाह अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई रिक्त एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई बढुवा गर्न जेठ ६ गते सिफारिस गरेको थियो ।
बढुवासँगै शाह कार्य विभागमा पदस्थापन भएका छन् ।