Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

सशस्त्रका डीआईजी ठाडा मगर एआईजीमा बढुवा सिफारिस, भावी आईजीपी बन्ने बाटो खुल्यो

बिहिवार , जेठ १६, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका डीआईजी गणेश बहादुर ठाडा मगर एआईजीमा  बढुवा सिफारिस भएका छन् । बिहीबार गृह मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीको नेतृत्वमा बसेको बढुवा समितिले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो । एआईजीमा बढुवा भएसँगै अबको तीन वर्षपछि ठाडा मगर सशस्त्र प्रहरी बलको प्रमुख बन्ने सम्भावना बढेको छ । सशस्त्रका महानिरीक्षक राजु अर्याल २०८३ वैशाखमा ४ वर्षे पदावधि पूरा गरेर अवकाश हुनेछन्। एआईजी बढुवामा ठाडा मगरसहित कमल गिरी, कुलबहादुर नेम्वाङ र सम्भु सुवेदी पनि प्रतिस्पर्धामा थिए । उनीहरु एकसाथ डीआईजी भएका थिए । कमल गिरीले आफूलाई वरियतामा १ नम्बर छँदा पनि छुटाइएको भन्दै असन्तुष्ट जनाएका छन । वरियतामा ठाडा मगर २ नम्बरमा थिए ।

असन्तुष्टि जनाएका गिरी एसएसपी हुँदा ५ नम्बरमा थिए । राजनीतिक चलखेल गरेर उनी  डीआईजीमा १ नम्बरमा बढुवा भएका थिए ।

यसरी आफैले सिस्टम बिगारेर आएका उनी अहिले वरियताको कुरा उठाएर सङ्गठनलाई विवादमा ल्याउने प्रयास गरिरहेको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन् ।

एआइजी बन्न ९ जनाले आवेदन दिएका थिए। आवेदन दिनेमा ठाडा मगर र गिरीसहित कुलबहादुर नेम्वाङ, शम्भु सुवेदी, लक्ष्मण बहादुर सिंह, कालीदाश धौवोजी, प्रदीप पाल, सुरेश श्रेष्ठ र अञ्जनीकुमार पोखरेलले रहेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077