Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

नारायणी नदीमा फसेका २२ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

शुक्रवार , जेठ १७, २०८२

चितवन । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटस्थित नारायणी नदीको बीच भागमा फसेका २२ जनाको सकुशल उद्धार गरिएको छ ।

गिट्टी तथा बालुवा निकाल्ने क्रममा बाँध फुटेर नदीको बीच भागको टापुमा फसेका उनीहरूको सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्धार गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक चामनारायण महतोको नेतृत्वमा खटिएको गोताखोरसहितको सुरक्षा फौजले उनीहरूलाई बोटको सहायताले उद्धार गरेको प्रहरीले जनाएको छ ।

नदीको बाध फुट्दा गिट्टी बालुवा लैजान प्रयोग भएको एउटा टिप्पर भने सोही ठाउँमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077