Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

हत्या गरेको आरोपमा युवक पक्राउ

हत्या गरेको आरोपमा युवक पक्राउ

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ चङ्खीदो बस्ने ४० वर्षीय प्रेम कुमार कुलुङ राईको हत्या गरेको आरोपमा सोही ठाउँका २६ वर्षीय रघु कुलुङ राई पक्राउ परेका छन्।

हत्या गरेको आरोपमा उनलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो।

रघुले आफ्नै घरमा प्रेमलाई बिहीबार राति बाँसको भाटा र लाठ्ठी प्रहार गरे गम्भीर घाइते बनाएका थिए।

उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल लगिएकोमा उनको उपचारका क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077