काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा गरेको छ ।
अख्तियार दुुरुपयोग अनुसन्धान आयोगमा रहेका डीआईजी हिमालय कुमार श्रेष्ठको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा गरिएको हो ।
अख्तियारमा भने भर्खरै बढुवा भएका ओमबहादुर रानालाई पठाइएको छ । गत चैतदेखि नै रानीपोखरी कार्यालयमा डीआईजी रिक्त थियो ।
हेडक्वार्टरले डीआईजीमा बढुवा भएका ११ जना प्रहरी अधिकारीको आजै पदस्थापन गरेको थियो ।