Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सिद्धि बिक्रम शाहले लगाए एआईजीको फूली, कार्य विभागमा पदस्थापन

सिद्धि बिक्रम शाहले लगाए एआईजीको फूली, कार्य विभागमा पदस्थापन

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिद्धि बिक्रम शाह प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका छन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शाहलाई रिक्त एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को १५ जेठको निर्णयअनुसार १३ जेठदेखि लागू हुने गरी उनको बढुवा र पदस्थापन भएको हो।

बढुवा समितिको बैठकले पहिलो नम्बरका डीआईजी शाहलाई बढुवा गर्न जेठ ६ गते सिफारिस गरेको थियो ।

गृह मन्त्रालयको पत्रअनुसार उनलाई साविकको नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो, नक्साल, काठमाडौंबाट नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्साल, काठमाडौंमा पदस्थापन गरिएको छ।

यो पद लाल मणी आचार्यको अनिवार्य अवकाशका कारण खाली भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077