Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा जारी

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । काठमाडौंको दरबारमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले शनिबारदेखि लागू हुने गरी नारायणहिटी दरबार संग्रहालय वरपरको क्षेत्रमा निषेधाज्ञा लगाएको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार निषेधाज्ञा केशरमहल चोकदेखि नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेट हुँदै जय नेपालसम्म, साथै महेन्द्र सालिक हुँदै पुनः नारायणहिटी दरबार संग्रहालयको दक्षिण गेटसम्म लागू हुनेछ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम र राष्ट्रिय सुरक्षा समितिको सिफारिसमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

राजावादी समूहले भोलि दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने घोषणा गरेपछि प्रशासनले सुरक्षाका लागि निषेधाज्ञा जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077