Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट ३२ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन विमानस्थलबाट ३२ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर ३२ हजार ४ सयसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्यान्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त रकमसहित शुक्रबार बिहान ३२ वर्षीय सावजुन लाई पक्राउ परेका हुन् ।

एयर चाइनाको उडानद्वारा काठमाडौंबाट चीन जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको साथमा रहेको ब्यागबाट उक्त अमेरिकी डलर फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाहीका लागि राजस्वव अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077