Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

नेपाल प्रहरीमा सरुवाको गाईजात्रा : एकै दिनमा दुई डीआईजीको दुई पटक सरुवा

नेपाल प्रहरीमा सरुवाको गाईजात्रा : एकै दिनमा दुई डीआईजीको दुई पटक सरुवा

शुक्रवार , जेठ १७, २०८२

काठमाडौं । नेपाल प्रहरीमा सरुवाको नयाँ विकृति देखिएको छ । शुक्रबार दिउँसो एसएसपीबाट बढुवा भएका ११ जना डीआईजीलाई गृह मन्त्रालयले पदस्थापन गरेको थियो ।

पदस्थापनाको पत्र अनुसार डीआईजीमा बढुवा भएका ओम रानाको अख्तियारमा पदस्थापन भएको थियो । अख्तियारमा कार्यरत डीआईजी हिमालय श्रेष्ठको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा सरुवा भएको थियो ।

तर, केही घण्टा नबित्दै गृह मन्त्रालयले दुई डीआईजीको सरुवा सूची पुनः निकालेको छ । सूचीअनुसार अख्तियारमा पदस्थापन भएका रानालाई रानीपोखरीमा सरुवा गरिएको छ भने रानीपोखरी सरुवा भएका श्रेष्ठलाई पुनः अख्तियारमा पठाइएको छ ।

स्रोतका अनुसार अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईसँग सहमति लिएरै गृहले रानालाई अख्तियारमा पदस्थापन गरेको थियो । तर, भिजिट भिसाको अनुसन्धानमा खटिएका श्रेष्ठलाई अनुसन्धान नसकिँदै सरुवा गरिएको भन्दै सामाजिक सञ्जालमा एकाएक विरोध उत्पन्न भयो ।

त्यसपछि गृहले सरुवा सच्च्याएर डीआईजी श्रेष्ठलाई पुनः अख्तियारमै पठाएको छ । यता प्रहरी प्रधान कार्यालयले भने गृहको गल्ती ढाकछोप गर्न सरुवा सम्बन्धि समाचारहरुको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077