Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तपेन्द्र शाही पक्राउ

राउटे युवतीमाथि दुर्व्यवहार गर्ने तपेन्द्र शाही पक्राउ

शनिवार , जेठ १८, २०८२

काठमाडौं । राउटे समुदायका युवतीमाथि दुर्व्यवहार गर्ने आठविस नगरपालिका दैलेखका तपेन्द्र शाहीलाई पक्राउ गरिएको छ ।

केही दिन अगाडी गुडिरहेको ट्रकमा चार जना युवतीलाई राखेर शाहीले दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएको थियो ।

सोही भिडियोको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

शाहीलाई आज बिहान आठविस नगरपालिकाको टुनिवगरबाट नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सुर्खेत पठाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077