Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

२ अर्ब ५० करोड हिनामिनामा कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

२ अर्ब ५० करोड हिनामिनामा कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष राय पक्राउ

आइतवार , जेठ १९, २०८२

काठमाडौँ । कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष तथा पूर्व प्रमुख कार्यकारी अधिकृत (सिईओ) राजेन्द्रवीर रायलाई बैंकको २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको अभियोगमा पक्राउ गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनलाई शनिबार रुपन्देहीको बेलहियाबाट पक्राउ गरेको हो । बैंकको ठूलो रकम हिनामिनामा संलग्न भएको आरोप लागेपछि राय फरार रहँदै आएका थिए। उनलाई बैंकिङ कसुर तथा सजाय ऐनअन्तर्गत अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

२०६० सालमा स्थापना भएको कर्णाली विकास बैंकका राय संस्थापक अध्यक्ष हुन् । उनी २०७६ देखि २०७९ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए । यसबीचमा उनले पटक–पटक सञ्चालक समितिको अध्यक्षको भूमिका पनि निर्वाह गरेका थिए । सल्यान स्थायी घर भएका राय पछिल्लो समय बाँकेमा बसोबास गर्दै आएका थिए ।

खापुङका अनुसार, यस प्रकरणमा बैंकका अन्य शीर्ष अधिकारीहरू पनि अनुसन्धानको दायरामा आएका छन् । अनुसन्धानमा तानिएका अन्य व्यक्तिहरूमा बैंकका पूर्व सिईओ दिनेशकुमार रावत, पूर्व वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी, हालका सिईओ तथा वित्त विभाग प्रमुख निरजविक्रम शाह रहेका छन्।

अनियमितता उजागर भएपछि बैंकको सञ्चालक समिति अध्यक्ष ओमप्रकाश मिश्रको संयोजकत्वमा पुस ५ गते छानबिन समिति गठन गरिएको थियो। समितिको प्रतिवेदनले रायसहितका व्यक्तिहरूले १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको निष्कर्ष निकालेको थियो ।

समितिले दोषीहरूलाई कानुनी दायरामा ल्याई आवश्यक अनुसन्धान अघि बढाउन सम्बन्धित निकायमा सिफारिस गरेको थियो।अहिले सीआईबीले विस्तृत अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077