Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

राप्रपा सांसद दीपककुमार सिंह पक्राउ

राप्रपा सांसद दीपककुमार सिंह पक्राउ

आइतवार , जेठ १९, २०८२

काठमार्डां । राप्रपा सांसद दीपककुमार सिंह पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौं परिसरबाटै पक्राउ गरेको हो ।

सांसद सिंहलाई केहीबेर अगाडि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सिंह आफैँ पक्राउ परेका हुन् ।

दिउँसोदेखि नै निगरानीमा राखिएको र साँझ परिसर अगाडिबाट नियन्त्रणमा लिइएको बताइएको छ ।

काठमाडौंको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सिंह पनि पक्राउ परेपछि आजै पक्राउ पर्नेको संख्या ८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077