Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

फर्पिङबाट लागुऔषधसहित दुईजना पक्राउ

फर्पिङबाट लागुऔषधसहित दुईजना पक्राउ

मंगलवार , आषाढ ३, २०८२

काठमाडौँ । काठमाडौँको दक्षिणकाली नगरपालिका–५ स्थित फर्पिङ चेकपोस्टबाट २९३० एम्पुल लागुऔषधसहित दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रौतहटको गरौडा नगरपालिका–९ का २९ वर्षीय राजकिशोर सहनी र गौर नगरपालिका–४ का २८ वर्षीय सुखारिस सहनी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।

हेटौंडाबाट काठमाडौँतर्फ आउँदै गरेको ना.१ ज ५४३७ नम्बरको टाटा सुमो चेकजाँच गर्ने क्रममा लागुऔषध लुकाइ छिपाई ल्याउँदै गरेको अवस्थामा मंगलबार अपराह्न उनीहरू फर्पिङ चेकपोस्टबाट पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077