Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

उदयपुरमा रहस्यमय अवस्थामा युवक र किशोरीको शव फेला

उदयपुरमा रहस्यमय अवस्थामा युवक र किशोरीको शव फेला

बुधवार , आषाढ ४, २०८२

उदयपुर । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक युवक र एक किशोरीको शव रहस्यमय अवस्थामा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय बेल्टार चौण्डीगढीका अनुसार स्थानीय २८ वर्षीय रविन राई र १४ वर्षीया मञ्जु राई मृत अवस्थामा फेला परेका हुन् । बुधबार बिहान मञ्जुको शव गाउँकै बाटोमा लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा पुगेका प्रहरी टोलीले अनुसन्धानका क्रममा बाटोबाट करिब २०० मिटर टाढा नजिकैको रूखमा झुन्डिएको अवस्थामा रविनको शव समेत फेला पारेको हो ।

दुवै शवको अवस्था शंकास्पद रहेकोले प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ ।

यता इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म घटनाको स्पष्ट कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077