Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

२२ किलो लागुऔषधसहित रामपुकार पक्राउ

२२ किलो लागुऔषधसहित रामपुकार पक्राउ

बुधवार , आषाढ ४, २०८२

बारा । बारामा २२ किलो लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनलाई मंगलवार साँझ पक्राउ गरेको हो ।

जीतपुर सिमरा उपमहानगरपालिका ८ ईम्लिप्रतिस्थित फिल्डमा २ वटा बोरामा लैजादै गरेको अवस्थामा संयुक्त टोलीले मंगलवार साँझ सहनीलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।

उनीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077