Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सशस्त्रको एआईजीमा बढुवा भएका गणेश बहादुर ठाडा मगरले लगाए फुली

सशस्त्रको एआईजीमा बढुवा भएका गणेश बहादुर ठाडा मगरले लगाए फुली

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई औपचारिक रूपमा दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

बढुवा समितिको सिफारिसका आधारमा ठाडा मगरलाई हालै एआईजी पदमा बढुवा गरिएको हो।

गत बुधबार सशस्त्र प्रहरी बलको मुख्यालय, हलचोकमा आयोजित विशेष कार्यक्रममा आईजी अर्यालले ठाडा मगरलाई पद अनुसारको दज्र्यानी चिन्ह लगाइदिएका हुन्।

कार्यक्रममा सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरू, कर्मचारी, तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसरमा महानिरीक्षक अर्यालले ठाडा मगरको पेशागत योगदान, कार्यकुशलता र नेतृत्व क्षमताको प्रशंसा गर्दै नयाँ जिम्मेवारीमा सफल कार्यकालको शुभकामना व्यक्त गरे।

बढुवापछि ठाडा मगरले आफ्नो जिम्मेवारीलाई इमानदारी, पारदर्शिता र राष्ट्रसेवामा समर्पित भावनाका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077