काठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–१३ छाउनी बस्ने ५२ वर्षीय प्रणवलाल सिंलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।
उक्त मुद्दामा २१ लाख रुपैयाँ बराबरको बिगो रकम र २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१३ बाट पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ।