विराटनगर । ‘प्रहरी हुँ’ भन्दै धम्क्याएर भारतीय बजारका नेपाली ग्राहाकसँग पैसा असुल्ने एक जना युवा विराटनगरबाट शुक्रबार पक्राउ परेका छन्।
मोरङ प्रहरीका अनुसार नक्कली प्रहरी बनेर पैसा असुल्ने विराटनगर महानगरपालिका–१२ का २५ वर्षीय धनकुमार थारुलाई पक्राउ गरिएको हो ।
थारुलाई विराटनगर–१६ स्थित रानी–जोगवनी सडक खण्डबाट पक्राउ गरिएको हो। थारुले डर र त्रास देखाएर शारीरिक रूपमा अपांगता भएका व्यक्तिलगायत सर्वसाधारणलाईसँग पैसा असुल्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
थारुविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जिल्ला प्रशासन कार्यालय मोरङबाट शुक्रबार ५ दिनको म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ।