Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सर्लाहीमा गोली चल्यो, प्रहरी निरीक्षकसहित तीन घाइते

सर्लाहीमा गोली चल्यो, प्रहरी निरीक्षकसहित तीन घाइते

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । सर्लाहीको बरहथवा नगरपालिका–४ स्थित खैराटोलमा सडक विस्तारको कामको क्रममा उत्पन्न विवादलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।

आज बिहान सडक विस्तारको कामको क्रममा उत्पन्न विवादले उग्र रूप लिएपछि स्थानीयवासी र सुरक्षाकर्मीबीच झडप भएको थियो ।

झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक दीवाकर गणेशसहित तीन जना घाइते भएका छन् ।

झडप नियन्त्रण गर्ने क्रममा घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पुरयाइएको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्थिति अहिले नियन्त्रणमा छ र अवस्था सामान्य बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077