Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा दैलेख प्रहरी, आफैं प्रशिक्षण दिँदै डीएसपी बराल

लागुऔषध दुर्व्यसनीविरुद्धको अभियानमा दैलेख प्रहरी, आफैं प्रशिक्षण दिँदै डीएसपी बराल

आइतवार , आषाढ ८, २०८२

दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेखले लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । “हामी सबै मिलि लागुऔषध दुर्व्यसनरहित समाजको सृजना गरौं” भन्ने मूल नारालाई आत्मसात् गर्दै सप्ताहव्यापी अभियान थालिएको हो ।

जसका लागि दैलेख प्रहरीका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश बहादुर बराल आफैं खटिएका छन् ।

उनले कार्यक्रम अन्तर्गत आइतबार नारायण नगरपालिका–६ स्थित फुलबारी बिद्यामन्दिर बोर्डिङ स्कुलका कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरू र विद्यालयका शिक्षकहरूमाझ लागुऔषध सेवन, ओसारपसार, बिक्री वितरण, साइबर अपराध, विपद् व्यवस्थापन तथा यौनजन्य हिंसाजस्ता समसामयिक सामाजिक समस्याबारे जानकारीमूलक प्रशिक्षण दिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत नारायण नगरपालिकाको आयोजनामा र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा आयोजित कार्यक्रममा अभिभावक र युवाहरूलाई लक्षित गरी सचेतनामूलक पर्चा तथा पम्पलेटहरू वितरण गरिएको थियो ।

कार्यक्रमले विद्यालयस्तरमै बालबालिका र किशोर–किशोरीहरूलाई जोखिमपूर्ण गतिविधिबाट जोगाउन र समाजमा चेतनाको स्तर अभिवृद्धि गर्न ठूलो योगदान पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077