Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

आइतवार , आषाढ ८, २०८२

धनगढी । कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

आइतबार साढे चार बजेतिर धनगढी उपमहानगरपालिका–१२ को पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पेस्तोलमा लाग्ने एक राउन्ड गोली पनि बरामद गरिएको छ । दुवै जनामाथि अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077