Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कैलाली कारागारमा कैदी मृत्यु प्रकरण : अनुसन्धान गर्न हेटक्वाटरको विशेष टोली धनगढीमा सक्रिय

कैलाली कारागारमा कैदी मृत्यु प्रकरण : अनुसन्धान गर्न हेटक्वाटरको विशेष टोली धनगढीमा सक्रिय

आइतवार , आषाढ ८, २०८२

कैलाली । कैलाली जिल्ला कारागारमा कैद भुक्तानको क्रममा रहस्यमय तरिकाले ज्यान गुमाएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरिस सिंह पालीको घटनाको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष छानबिन टोली अहिले धनगढीमा सक्रिय रहेको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकुन्द मरासिनीको नेतृत्वमा प्रहरी उपरीक्षक (एसपी), प्रहरी नायब उपरीक्षक (डिएसपी), निरीक्षक र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीहरू सम्मिलित टोली असार ५ गते धनगढी पुगेको हो ।

टोलीले घटनाको विभिन्न कोणबाट अनुसन्धान अगाडि बढाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

मृतक पालीकी श्रीमती जानकी साउँदले जिल्ला प्रहरी कार्यालयमा प्रहरी नायब निरीक्षक (सई) हरजीत नाथविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । जाहेरीकै आधारमा सई नाथलाई नियन्त्रणमा लिई हाल घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।

असार २ गते राति साढे १० बजे कारागारको बाथरूम नजिक अचेत अवस्थामा भेटिएका पालीलाई तत्काल सेती प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा सोही राति उनको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077