एजेन्सी । अमेरिकी बी–२ स्टेल्थ बमवर्षक विमानहरू इरानी आणविकस्थलमा बम खसालेर फर्किएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार साँझ सामाजिक सञ्जालमा पोस्ट गर्दै इरान मिसनमा रहेका बी–२ स्टेल्थ बमवर्षकका पाइलटहरू सुरक्षित फर्किएको बताएका थिए ।
इरानमा ‘अपरेसन मिडनाइट ह्यामर’ पूरा गरेर मिजौरीमा रहेको अमेरिकी वेसमा बमवर्षक विमानहरू फर्किएका हुन् । यो अमेरिकी अपरेसनमा सात स्टेल्थ बी–२ बमवर्षकहरू संलग्न रहेको बताइएको छ ।
समग्रमा बी–२, इन्धन भर्ने ट्यांकर, टोही विमान र लडाकु जेटसहित १२५ भन्दा बढी विमानहरू संलग्न रहेको दाबी छ ।
जुन २१ मा, बी–२ बमवर्षक विमानहरू अमेरिकाको ह्वाइटम्यान एयर फोर्स बेसबाट उडेका थिए । यो सम्पूर्ण अपरेशन लगभग ३७ घण्टाको यात्रा पछि गरिएको थियो।