Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

धनगढीमा युवती आफ्नै कोठामा मृत फेला

धनगढीमा युवती आफ्नै कोठामा मृत फेला

सोमवार , आषाढ ९, २०८२

धनगढी । धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

प्रहरीका अनुसार मृत फेला पर्ने युवती कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती निवासी ३० वर्षीया रेणु चौधरी हुन् । उनी धनगढीमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार सोमबार बिहान चौधरी आफ्नै कोठामा मृत भेटिएकी हुन्।

'कोठाको ढोकामा बाहिरबाट ताल्चा लगाइएको थियो,' डीएसपी सिंहले भने, 'घटनास्थल सिल गरी आवश्यक अनुसन्धान सुरु गरिएको छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077