Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

धनगढीमा मृत भेटिएकी युवतीको हत्या भएको आशंका

धनगढीमा मृत भेटिएकी युवतीको हत्या भएको आशंका

सोमवार , आषाढ ९, २०८२

काठमाडौं । धनगढी उपमहानगरपालिका–२ स्थित बैयाबेहडीमा मृत अवस्थामा फेला परेकी युवतीको हत्या भएको प्रहरीले आशंका गरेको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीकी ३० वर्षीया रेणु चौधरीको आज बिहान शव सडेको अवस्थामा फेला परेको थियो ।

कोठा भाडामा बस्दै आएकी चौधरी बाहिरबाट ताल्चा लगाएको कोठाभित्र मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिएका छन् ।

बाहिरबाट ताल लगाइएकोले उनको कसैले कर्तव्य गरेको हुनसक्ने प्रहरीको आशंका छ । तालिम प्राप्त कुकुरको सहायतामा घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077