Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

घुस असुलीमा सप्तरीका एसपीलाई जोगाउने प्रयास, अख्तियारले पनि छानविन गर्ने

घुस असुलीमा सप्तरीका एसपीलाई जोगाउने प्रयास, अख्तियारले पनि छानविन गर्ने

सोमवार , आषाढ ९, २०८२

सप्तरी । सप्तरीका एसपी ढकेन्द्र खतिवडाले फरार अपराधीसँग लाखौं असुलिएको भिडियो बाहिरिएको छ । यती गम्भीर घटनामा पनि एसपी खतिवडामाथि छानविनमा प्रहरीले आलटाल गरिरहेको छ ।

एसपी खतिवडाले आफ्ना वरिष्ठ सई विश्वनाथ त्रिपाठीमार्फत एकै व्यक्तिसँग १० लाख रुपैयाँ घुस लिएका हुन् । जसमध्ये चार लाख रुपैयाँ घुस लिएको भिडियो नै पीडितले सार्वजनिक गरिएको छ । कोशी ब्यारेजका बुधन मण्डलसँग वरिष्ठ सईले पैसा लिएका हुन् ।

मधेश प्रदेश प्रहरी कार्यालयले वरिष्ठ सई त्रिपाठीलाई जिम्मेवारीबाट हटाएको छ तर पैसा लिएको भिडियो नै बाहिरिदा पनि उनलाई निलम्बन समेत गरिएको छैन । जसकारण यस विषयमा मधेश प्रदेशका डीआईजी उमा प्रसाद चर्तुेवदीमाथि समेत प्रश्न उठेको छ ।

एसपी खतिवडामाथि त छानविन नै हुन सकेको छैन । वरिष्ठ सईलाई सामान्य कारबाही गरेर एसपीलाई जोगाउन चलखेल भएपछि यो असुलीको नेटवर्क गृह मन्त्रालयसम्मै त पुगेको छैन भन्ने प्रश्न उठेको छ ।

घुस असुलीको यो एउटा प्रतिनिधि घटना मात्र भएको प्रहरी स्रोत बताउँछ । पछिल्लो समय सप्तरीका हरेक नाकाबाट मिलेमतोमा तस्करी मौलाएको छ ।

बदनाम घुमवा प्रहरीलाई एसपी खतिवडाले नाका–नाकामा खटाएको स्रोत बताउँछ । खतिवडाले कमाण्ड सम्हालेयता जिल्लामा बेथिती मौलाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077