काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा दुई लाख धरौटीमा रिहा भएकी अमला रोका पुनः पक्राउ परेकी छन् ।
काठमाडौं जिल्ला अदालतको धरौटी तारेखमा छोड्ने आदेशसँगै रिहा भएकी रोकालाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
सीआईबीका अनुसार सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्नुपर्ने भएकाले उनलाई नियन्त्रणमा लिइएको छ ।
सुन तस्करी र व्यवस्थापनमा संलग्न भएको प्रमाणसहित प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अमलालाई प्रतिवादी बनाएको थियो ।
तर, सोमबार काठमाडौं जिल्ला अदालतको आदेशमा छुटे लगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएको हो ।